पछिल्लो २४ घण्टामा करिब २ लाख कोरोना संक्रमित थपिए

  २०७७ असार १८ गते ६:४२     विकासन्युज

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टा यता कोरोना थप १ लाख ९६ हजार जनामा कोरोना मसंक्रमण पुष्टि भएको छ । योसँगै संसारभर कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९३ हजार ३३ सय १० पुगेको छ ।

त्यस्तै थप ४ हजार ८ सय ३५ जनाको पछिल्लो २४ घण्टा यता मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको कारणले हाल विश्वमा ५ लाख १८ हजार ४६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कोरोना रोगको उपचार पछि ५९ लाख ३० हजार मानिस घर फर्किएका छन् ।

विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हाल २७ लाख ७८ हजार ४ सयभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा १ लाख ३० हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि संक्रमणले भयाहक स्थिति पैँदा गरेको छ । १७ हजार ८ सय ४८ जना कोरोनाबाट मृत्यु भएको भारतमा संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० रहेको छ ।

हालसम्म कोरोनाको कारण ३० जनाको मृत्यु भएको छ भने १४ हजार ४६ जना कोरोना संक्रमित छन् । त्यस्तै ४ हजार ६ सय ५६ जना उपचार पछि निकाे भएका छन् । (स्राेत: वल्डाेमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.