आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

  २०७७ असार १६ गते १६:५३     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार नेप्से र आइसिएफसि फाइनान्सबीच संस्थाको प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख थान १२ प्रतिशत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्र सिंह साउद र आइसिएफसि फाइनान्सको सीईओ सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

आइसिएफसि फाइनान्सले सर्वसाधारण समक्ष ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत् २ लाख थान १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.