संसारभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढिको मृत्यु

  २०७७ असार १४ गते ६:३१     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ हजार ६ सय ३० पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ६ सय २५ जनाको मृत्यु भइसकेको छ भने ५४ लाख ५३ हजार २ सय ४७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार १ सय ५२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ९६ हजार ४ सय ३ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख २९ हजार ५ सय ७७ पुगेको छ भने अहिलेसम्म १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १२ हजार ३ सय ९ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ८ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.