संसारभर कोरोना संक्रमितको संख्या १ करोड नजिक, करिब ५ लाखको मृत्यु

  २०७७ असार १३ गते ६:२५     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख ९८ हजार ८३ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९६ हजार ७२ जनाको मृत्यु भइसकेको छ भने ५३ लाख ५० हजार २ सय ५४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २७ हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ५२ हजार ७ सय ८ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ भने अहिलेसम्म १५ हजार ६ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ११ हजार ७ सय ५५ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ६ सय ९८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.