शिखर इन्स्योरेन्सको स्थगित हकप्रद सेयर असार १४ गतदेखि बिक्री शुरु

  २०७७ असार ११ गते १६:४५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्थगित हकप्रद सेयर असार १४ गतेदेखि बिक्री शुरु हुने भएको छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत अर्थात एक बराबर ०.३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ किता अर्थात ३१ करोड ७१ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको हकप्रद बिक्री खुल्ला गर्न लागेको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

इन्स्योरेन्सले असार १४ गतेदेखि साउन ४ गतेसम्म सेयर निष्काशन गर्ने छ । जसको लागि फागुन १२ गतेसम्ममा सेयर किनेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ नाघ्ने छ ।

यसअघि कम्पनीले चैत १३ गतेदेखि १ बराबर ०.३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन गरेसँगै इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थिगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.