लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

  २०७७ असार ८ गते १२:३७     विकासन्युज

काठमाडाैं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.(लक्ष्मीहुण्डाई) ले हाल कोभिड-१९ को बदलिँदाे परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको छ ।

जस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् । हाल कोभिड-१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको छ ।

ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५०५को साथ दिनेछ । यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको नि: शुल्क बीमा, नि: शुल्क सडक कर (आ.व.७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् ।

यस बिसम् परिस्थितीमा कोरोना भाइरस बिरुद्ध तत्पररही लडी रहेका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यससँगै ४ वर्ष को नि: शुल्क सर्भिस र तीनवर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।

लक्ष्मी हुण्डाईले यस बिसम् परिस्थितीमा आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको ‘मानवताको प्रगति’ को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । यस कम्पनी उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका लागि सधै प्रतिबद्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.