सोनाक्षी सिन्हाले ट्विटरलाई गरिन् बिदाइ, मेटाईन अकाउन्ट

  २०७७ असार ७ गते ७:४३     विकासन्युज

काठमाडौं । बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिइन ।

यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेकी हुन् । उनले आफ्नो ट्वीटर पोस्टको स्क्रिनसट राखेकी छिन् जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन र नकारात्मकताबाट टाढा राख्नका लागि आफ्नो पहिलो कदम उठाइरहेकी छु । म आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरिरहेकी छु ।’

त्यस्तै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छिन् । साथै उनले लेखेकी छिन्, ‘आगो लाग्यो बस्तीमा, म भने आफ्नो मस्तीमा । अलविदा ट्वीटर ।’

यस्तै यस अघि फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए । उनका अनुसार यसले घृणा र नकारात्मकता फैलाउने जमिनजस्तो काम गर्छ ।

हालै, बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा फिल्म निर्माता करण जोहरलाई अत्यधिक आरोप लगाइएको थियो । थुप्रै मानिसहरुले करणले चर्चित अभिनेताका सन्तानलाई मात्रै काम गर्ने मौका दिन्छन् भन्ने आरोप लगाएका थिए । तत्पश्चात् करण जोहरले फिल्मी क्षेत्रसँग जोडिएका थुप्रलाई ट्वीटरमा अनफलो गरेका थिए ।

वास्तवमा सुशान्तको मृत्युपछि बलिउडमा नातावाद, परिवारवादमाथिको बहस व्यापक चलिरहेको छ ।   स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.