एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमालेख अनलाईन बाटै बिक्री हुने

  २०७७ असार ५ गते १५:३३     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले अनलाईन बाटै जीवन बीमालेख बिक्री गर्ने सुविधा ल्याएको छ । कम्पनीले कोभिड-१९ का कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यक्तालाई मध्यनजर गर्दै अनलाइन मार्फत नै बीमालेखको लागि आवेदन गर्न सकिने सुविधा ल्याएको हो ।

यससँगै अभिकर्ताले कम्पनीको आधिकारिक वेभसाइट मा एजेण्ट पोर्टल मार्फत आवेदन दर्ता गर्न सक्ने छन् । इजाजत प्राप्त अभिकर्ताले यस कम्पनीको आधिकारिक वेभसाइटमा एजेण्ट पार्टेलमा लगइन गरी सकेपछि बीमा चाहने व्यक्तिको बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्टी गरेर अनलाइन आवेदन गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

बीमा समितिको निर्देशानुसार हाललाई अधिकतम ३ लाख रुपैयाँ बीमांकसम्मको बीमालेखको लागि आवेदन दिन सकिने छ ।

साथै, कम्पनीका बीमितले ईसेवा र फोन पे मार्फत घरमै बसेर नविकरण बीमाशुल्क भुक्तानी गर्न सकिने छ । साथै, अनलाइन लगइनबाट अभिकर्ताले कारोबार विवरण तथा बीमितले आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण विवरण आफैंले हेर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.