फेरी देखिँदैछन् कोरोना संक्रमणको मामला, बढ्दै छ चिन्ता

  २०७७ जेठ ३१ गते ७:३६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको लकडाउनले अर्थ व्यवस्थामा पारेको गम्भिर असरको चिन्ता हुँदाहुँदै पनि अहिले धेरै राष्ट्रहरु कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्तित भइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकल रायनले भनेका छन् कि “यूरोप, दक्षिण पूर्व एशिया, उत्तर अमेरिका लगायतका देश हाल यस महामारीको दोस्रो लहरसँग जुझिरहेका छन् भने केही देशहरुमा संक्रमणको दोस्रो लहर देखिन थालेको छ ।” लकडाउन खुकुलो बनाएको तथा सामाजिक दूरीको नियमलाई कडाइका साथ पालना नगरेकोले विभिन्न देशहरुमा कोरोनाको दोस्रो लहर देखिन थालेको उनको तर्क छ ।

महानिर्देशक टेड्रोस एडहोनम गेब्रिएससका अनुसार मानवको कोरोनासँगको लडाईं सकिएको छैन । बरु यो भाइरसले फेरी पनि हमला गर्ने ठूलो सम्भावना छ ।

चीनको बेइजिंगमा लगातार दोस्रो दिन पनि कोरोना संक्रमणको मामला देखिएपछि स्थानीय प्रशासनले ६ ओटा तरकारीका होलसेलहरुलाई बन्द गरेको छ । दुईजना कोरोना संक्रमित सो होलसेलहरुमा पुगेको आधारमा ती होलसेलहरुलाई बन्द गरिएको हो ।

त्यसैगरी दक्षिण कोरियाको राजधानी सोलका केहि स्थानमा संक्रमणका नयाँ मामलाहरु देखा परेसँगै त्यहाँको सरकारले इन्टेन्सिव प्रिवेन्शन तथा स्यानिटेशनको कामलाई बढाएको छ । सरकारको भनाइ छ कि जबसम्म कोरोनाको मामला एक दिनमा १० भन्दा कम हुँदैन तबसम्म यो कार्यक्रम जारी रहनेछ ।

अमेरिकाका विभिन्न राज्यमा संक्रमणको मामला तीव्र गतिमा बढिरहेको छ भने अस्पतालका बेडहरु पनि भरिँदै गएका छन् । टेक्सस तथा एरिजोनाका अस्पतालहरु तीव्र गतिमा भरिँदै गएका छन् भने अलावामा, फ्लोरिडा, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, ओरेगन तथा नेब्रास्कामा गत बिहीवार कोरोना संक्रमणका मामलाहरुले रेकर्ड राखेका थिए ।

यता छिमेकी मुलुक भारतले केही दिन अघि लकडाउनलाई खुकुलो बनाएसँगै त्यहाँ संक्रमणको मामलाहरु बढ्न थालेका छन् भने भारत अहिले कोरोनाबाट सवैभन्दा बढि प्रभावित मुलुकको चौथो स्थानमा पुगिसकेको छ । विज्ञहरुका अनुसार भारतमा हालसम्म कोरोनाको पिक आइसकेको छैन ।

कोरोनाका कारण लगाइएको लकडाउनले दुनियाँभरका देशहरुको अर्थव्यवस्थामा नराम्रो असर परेको छ । युरोपिय संघकी स्वास्थ्यमन्त्री स्टेला किर्याकिड्सले संघका सवै २७ सदस्यहरुसँग निवेदन गरेकी छिन् कि उनीहरुले स्कूल तथा कारोवारलाई फेरी खोल्ने योजनामा ब्यापक टेस्टिङलाई सामेल गरुन् । “उनको भनाइ छ कि, आवश्यकता पर्यो भने लकडाउनलाई फेरी पनि कडा पार्नका लागि हामीले तयार रहनु पर्छ ।”

श्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.