नेपालमा चार दिनको शिशुमा पनि देखियो कोरोना

  २०७७ जेठ २९ गते १६:२८     विकासन्युज

फाइल फाेटाे

काठमाडाैं । नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे ।

अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्।

सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.