थप २ सय ५० जनामा देखियाे काेराेना संक्रमण, संक्रमितकाे संख्या ४६ सय नाघ्याे

  २०७७ जेठ २९ गते १६:२१     विकासन्युज

काठमाडौं । बुधबार थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । याेसँगै नेपालमा ८ सय ६१ जना निकाे भएर घर फर्किएका छन्, काेराेना संक्रमितकाे संख्या ४६ सय १४ पुगेका छ जसमा १५ जनाले ज्यान गुमाईसकेका छन् ।

मन्त्रालयका अनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

हालसम्म प्रदेश एककाे १३ जिल्लामा ३०७ जना संक्रमित, प्रदेश दुईकाे ८ जिल्लाका १६७१ जना,  बागमति प्रदेशकाे १२ जिल्लाकाे १४७ जना, गण्डकी प्रदेशकाे ९ जिल्लामा १४७ जना, प्रदेश ५ काे १२ जिल्लाका १३९९ जना, कर्णाली प्रदेशकाे ९ जिल्लाकाे ७५९ र सुदुरपश्चिमकाे ९ जिल्लाकाे १९२ जना काेराेना संक्रमित रहेका छन् ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख १५ हजार ९ सय ३० काे पिसिआर विधि र १ लाख ७८ हजारकाे १ सय २७ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.