कुवेतबाट बुधबार ल्याउने भनिएको ३ सय नेपाली विहीबार ल्याइँदै

  २०७७ जेठ २९ गते ८:३१     विकासन्युज

काठमाडौं । बिहीबार कुवेतमा रहेका ३ सय नेपालीलाई स्वदेश फर्काउने भएको छ । नेपाल सरकारले स्वीकृति दिएसँगै बिहीबार दिउँसो दुइटा फ्लाइटमा अधिकांश महिलालाई आउने पक्का भएको छ ।

कुवेतबाट बुधबार नै नेपाल आउने तय भए पनि केही प्राविधिक समस्याका कारण बिहीबार मात्रै ल्याउन लागिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

कुवेत सरकारले नै पठाउने उक्त दुई जहाजमध्ये पहिलो जहाज १ बजे र दास्रो ३ बजे आउने तयारी रहेको जनाएका छन् । कुवेतमा आममाफी पाएका ३ हजार नेपालीलाई तत्काल उद्धार गर्न जरुरी रहेको दूतावासले जानकारी दिँदै आएको छ भने अर्काे तिर ३ हजारभन्दा बढी नेपालीले रोजगारी तथा श्रमअवधि गुमाएको व्यवहोरोसहित स्वदेश फर्कन आवेदन दिएका छन् ।

बिहीबार युएइबाट ल्याउने भनिएका नेपालीका बारे अझै कुनै टुंगो लागेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.