पर्यटनको पुनरुत्थानका लागि साढे एक खर्बको राहत ल्याएका छौं: मन्त्री भट्टराई (भिडियाेसहित)

  २०७७ जेठ २६ गते १६:५८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र पुनरुत्थान गर्नकको लागि सरकारले साढे एक खर्ब रुपैयाँ बराबरको राहतको व्यवस्था गरेका बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७७ ७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा लागेका व्यवसायीको आर्थिक पुनरुत्त्थानका लागि सो रकम बराबरको राहत ल्याएको बताएका हुन् ।

‘हामीले १ खर्ब रुपैयाँको पुरुत्थान कर्जाको व्यवस्था गरेका छौं, ५० अर्ब रुपैयाँको पुनरुत्थान कोषको समेत व्यवस्था सरकारले गरेको छ, सो कोष पर्यटन व्यवसायीले ५ प्रतिशत ब्याजमा चलाउन पाउने छन्,’ उनले भने ।

अब कोरोना भाइरसको असर कम हुने बित्तीकै सरकारले आन्तरिक पर्यट प्रवद्र्धन मार्फत होमस्टेको सुचारु गर्ने उनले बताए । अब सरकारले चाँडै पर्यटन सम्बन्धि आन्तरिक गतिविधि बढाउने उनको भनाई छ ।

पर्यटनको पुनरुत्थानका लागि साढे एक खर्बको राहत ल्याएका छौं: मन्त्री भट्टराई

पर्यटनको पुनरुत्थानका लागि साढे एक खर्बको राहत ल्याएका छौं: मन्त्री भट्टराई

Gepostet von Bikashnews.com am Montag, 8. Juni 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.