महिला सहयात्रा लघुवित्तले विपन्न समुदायलाई वितरण गर्यो साढे ५ लाख बराबरको राहत

  २०७७ जेठ २६ गते १३:४३     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरुलाई ५ लाख ५६ हजार ३ सय ३० रुपैयाँ बराबरको राहत सहयोग गरको छ । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न शाखाले उक्त रुपैयाँ बराबरको राहत सहयोग गरेको हो ।

साथै, यस वित्तीय संस्थाले असार मसान्तसम्मका लागि कर्जामा ३ प्रतिशत छुट दिएको छ ।

वित्तीय संस्थाले लकडाउनको अवस्थालाई मध्यनजर गरी ग्राहक मैत्री कर्जा नीति ल्याउँनुका साथै विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले बताएका छन् ।

राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको यस वित्तीय संस्थाको ३४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.