हवाई भाडा ११ सयभन्दा बढीले घट्यो, कुन ठाउँ जान कति ? (भाडादरसहित)

  २०७७ जेठ २५ गते १५:२२     विकासन्युज

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडा घटाएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर पनि घटेको हो ।

निगमले अप्रिलमा हवाई इन्धनको मूल्य १५ रुपैयाँ र सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट मार्फत पूर्वाधार कर १० रुपैयाँ हटाएपछि संघले पनि भाडा घटाएको बताएको हो ।

संघका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम ११ सय ५ देखि न्युनतम २ सय २५ रुपैयाँसम्म हवाई भाडादर कायम गरिएको छ । यसबाट सबैभन्खदा बढी लाभान्वित धनगढी जाने यात्रुहरु हुनेछन् । धनगढी जाने यात्रुहरुका लागि ११ सय ५ रुपैयाँले हवाई भाडा घटेको हो ।

कम्पनीले लकडाउनपछि उडान सूचारु गर्न पूर्वतयारीको कामलाई समेत तीव्रता दिएको बताएको छ।लकडाउनमा केही जहाज उडेपनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणको काम जारी रहेको कम्पनीले उल्लेख गरेको छ ।

संघका अनुसार अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ८ सय ६० रुपैयाँ सस्तो हुनेछ । काठमाडौंबाट भद्रपुरमा ७ सय ५०, भरतपुर, पोखरा र विराटनगरको भाडा क्रमशः २ सय ७०, ३ सय ९५ र ६ सय रुपैयाँले कम भएको छ ।

यस्तै, जनकपुरका लागि ३ सय २०, सिमरामा २ सय २५, भैरहवामा ५ सय १५, र नेपालगन्जमा ८ सय १५ रुपैयाँ भाडा घटेको उल्लेख गरिएको छ ।

अब हवाई जहाज उडान गर्ने भन्ने विषय भने अनिश्चि नै छ । आज नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ।

प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफलमा आन्तरिक उडान गर्ने असार १७ बाट चरणबद्ध रुपमा गर्ने प्रस्ताव पास भएको हो। मन्त्रालयले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेश गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.