थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३ हजार २ सय ३५ पुग्याे

  २०७७ जेठ २४ गते १६:३८     विकासन्युज


काठमाडौं । शनिबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमाध्ये २ सय ८६ जना पुरुषहरु र ३७ जना महिलाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार २ सय ३५  पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

काेराेना संक्रमणबाट मुक्त भइ शनिबार मात्र ३२ जना घर फर्किएका छन् । हालसम्म ३ सय ६५ जना काेराेना संक्रमणमुक्त भइसकेकाे मन्त्रालयका प्रवक्ता डा. देवकाेटाले जानकारी दिए ।

त्यस्तै कैलाली र डाेल्पामा मृत्यु भएका २ जनाका काेराेना पुष्टि भएको छ । याेसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.