कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  २०७७ जेठ २४ गते १५:००     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । जेठ १८ गते नेपालगञ्ज – सुर्खेत – जुम्ला हुँदै डोल्पा पुगेका उनकाे घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १२ पुगेको छ ।

उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको अस्पतालले पुष्टि गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.