पाल्पामा एकजनाकाे काेराेनाबाट मृत्यु

  २०७७ जेठ २२ गते १६:३९     विकासन्युज

काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषकाे मृत्युपछि स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

याेसँगै नेपालका काेराेनाकाे कारण १० जनाकाे मृत्यु भएकाे छ । नेपालमा बिहिबार साँझसम्म काेराेना संक्रमितकाे संख्या २६ सय ३४ पुगेकाे छ भने दुई सय निकाे भएर घर फर्किएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.