लकडाउनमा नै खुल्न थाले सबै प्रकारका पसल

  २०७७ जेठ २२ गते १०:१९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा नै काठमाडौं लगायत देशभरका पसलहरु खुल्ल थालेका छन् । सरकारले ७२ दिन देखि जारी राखेको लकडाउनको विरोध गर्दै आजबाट व्यापारीहरुले सपल खोल्न सुरु गरेका हुन ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते देखि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म, चौथो चरणमा वैशाख १५ गतेसम्म र पाँचौं चरणमा वैशाख २५ गतेसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका पनि थिए । छलफलमा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् ।

लामो लकडाउनका कारण व्यवसायीहरु समस्यामा परेकोले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका हुन । केही दिन अघि जोरपाटीका व्यवसायीले आफ्नो व्यवसाय खोलेर सरकारी निर्णयको अवज्ञा गरेका थिए । देशका विभिन्न स्थानमा व्यवसायीहरुले बजार खोल्न थालेका छन् । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा व्यवसायीले लकडाउन अवज्ञा गर्दै बजार खोलेका छन् ।

सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्ने व्यवास्था गरेको थियो । अब लकडाउन कुन मोडालिटीमा गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले निर्णय गर्ने भनिएको छ । सरकारले उद्योग सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउने भने पनि मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.