ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५ सरकारलाई दियो २५ लाख रुपैयाँ

  २०७७ जेठ २१ गते १८:१३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड-१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड-१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने बताएका छन् ।

कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै, आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.