मानवता माथिनै गम्भिर प्रश्न, विष्फोटक तत्व भरिएको अनारस खुवाउँदा गयो गर्भवती हात्तीको ज्यान

  २०७७ जेठ २१ गते ७:४०     विकासन्युज

काठमाडौं । भारतको केरल राज्यमा विष्फोटक तत्वले भरिएको अनारस खाँदा एउटा गर्भवती हात्तीको ज्यान गएको छ ।

घाइते भएपछि त्यो हात्ती यति पिडामा थियो कि तीन दिन सम्म एउटा नदीमा आफ्नो मुख र सुँडलाई पानी भित्र डुबाएर उभिएको थियो ।
वन विभागका कर्मचारीले त्यो हात्तीलाई पानीबाट बाहिर निकाल्न तथा उपचार गर्न धेरै प्रयास गरेको भएपनि सफल हुन सकेनन् । अन्ततः २७ मईको दिन त्यही नदीमै उसको ज्यान गएको छ ।

निलांबुर वन क्षेत्रमा जनावर र मानिसका बिच संघर्ष चलिरहने भएतापनि गर्भवती हात्तीलाई फलफूल भित्र विष्फोटक पदार्थ राखी खान दिएको घटनाले मानवता माथि नै गंभिर प्रश्न उब्जाएको छ ।

हाल सो स्थानमा त्यो हात्तीलाई विष्फोटक पदार्थ खुवाउने व्यक्तिहरुको खोजी भइरहेको छ ।

श्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.