बैंक अफ काठमाण्डूले बीर अस्पताललाई दियो २०० थान पीपीई

  २०७७ जेठ २० गते १५:५०     विकासन्युज


काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेको छ । बैंकले श्री चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बिच उक्त पीपीई सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

जस अन्र्तगत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरु हस्तान्तरण गरेको छ ।

उक्त पीपीईहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.