सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, क्वारेन्टाइनदेखी बृद्धआश्रमसम्म दूध वितरण

  २०७७ जेठ २० गते ६:४१     विकासन्युज

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विश्व दुध दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई दुधसहितको राहत वितरण गरेको छ । सातै वटा प्रदेशमा एसोसिएसनले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, क्वारेन्टाइनदेखि वृद्धआश्रमसम्म् दूध वितरण गरेको हो ।

प्रदेश नं. ३  

प्रदेश नं. ३ र  केन्द्रको संयुक्त पहलमा धुम्बाराही, मण्डीखाटारस्थित दिव्य सेवा निकेतन जेष्ठनागरिक आश्रममा रहेका ३० जनालाई एसोसियसनका अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल एवं बोतलर्स वाटर एसोसियसनका अध्यक्ष सुभाष भण्डारी, बागमती प्रदेशका अध्यक्ष राजन दाहाल, सचिव गोपाल तिमिल्सिना लगायतका उपस्थितिमा वितरण गरेका हुन् । आगामी ७ दिनसम्म एसोसियसनले ७ दिनसम्म निशुल्क दुध, ध्यू, पनिर र दहिसमेत वितरण गर्ने निर्णय गरेको जनाएको छ ।
बागमति प्रदेश अन्तर्गत बौद्ध, जोरपाटी स्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रद्वारा संचालित होस्टलमा रहेका करीब १५० जनालाई केन्द्रिय महासचिव प्रल्हाद दाहाल र केन्द्रिय सदस्य बद्री ढकालकाे उपस्थितिमा खीर खानको लागि ८० लिटर दुध, चामल र चिनी वितरण गरि मनाएको । चितवनमा पवन डेरी उद्योगले देबघाटमा रहेका करुणा आश्रममा १ सय ५० जनालाई दुध तथा दुग्ध पदार्थ सहित खाना खुवाई कार्यक्रम गरे।

प्रदेश नं. १
प्रदेश अध्यक्ष हेमचन्द्र खनालको संयोजकत्वमा २०औ बिश्व दुध दिवस दमकमा सुरक्षाकर्मी, स्वास्थकर्मी, क्वारेन्टाइनमा दूध २०० लि. चामल ४० केजि, चिनी ७.५ केजि, खिरमिक्स ९ बट्टा दमक नगर पालिकाका प्रशासकिय अधिकृत गणेश तिम्सिना, वडा नं. ७ का वडा अध्यक्ष भिम पौडेल दमक पशु सेवा शाखा प्राविधिक दिपु अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वडा नं. ४ वडा अध्यक्ष कुमर साम्सोहाङ क्वारेन्टाइन ब्याबस्थापक कुबेर भट्टराई, सप्तरङगी एफ.एमका प्रबन्ध गिरिराज भट्टराईको उपस्थितमा वितरण गरियो ।

उक्त वितरणमा सहयोग गर्ने पूर्व नेपाल डेरी उद्योग, दमक ५, साझा डेरी उद्योग, दमक ८, गोरस डेरी उद्योग, पृथ्वी मा.बि दमक ७, बाह्रघरे कृषि सहकारी दमक १०, माता पाथीभरा डेरी उद्योग दमक ७, तोपगाछी डेरी उद्योग दमक ७, हिमाली डेरी उद्योग दमक २ रहेका छन् ।

प्रदेश नं. २
प्रदेश अध्यक्ष श्री राघौ सिंज्यूको संयोजनमा केन्द्रिय सचिव विजय प्रसाद चौरसिया, उद्यागी नविन चौरसिया एवं उद्योगीहरुको उपस्थितिमा चन्द्रपुर ४ स्थित आमा समूहमा २० जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरियो ।

प्रदेश नं. ४
यस प्रदेशमा प्रदेशका अध्यक्ष श्री शिवहरि आचार्य, केन्द्रिय उपाध्यक्ष रेशमराज पन्थी, ज्ञानेन्द्र बजगाईं, सदस्य रामचन्द्र बराल, सल्लाहकार सुरेश श्रेष्ठ, सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्री पुण्य प्रसाद पौडेलको उपस्थितिमा गण्डकी प्रदेश नेपाल डेरी एसोसिएसनको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमूख श्री सन्तोष रोकालाई धन्यवाद सहित सुरक्षा सामाग्री एवं खाद्य सामाग्री सेफ्टि भाईजर, माक्स, सेनिटाइजर, दुध, दही, छुर्पी लगायतका दुग्ध पदार्थ वितरण गरि सहयोग गरि मनाईयो ।

प्रदेश नं. ५
प्रदेश अध्यक्ष श्री कृष्ण भट्टराईको संयोजकत्वमा केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारी, सल्लाहकार मेघराज भण्डारी, सदस्य रामकृष्ण पौडेल, शिव भुषाल लगायत डेरी उद्योगहरुको उपस्थितिमा प्रदेश नं. ५ को गौतमबुद्ध सामुदायिक मुटु हस्पिटल :बुटवलमा रहेका विरामी र विरामी कुरुवाहरु करीब १०० जनालाई र तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित क्वारेन्टाईमा रहेका विरामी, स्वस्थ्यकर्मी र सुरक्षाकर्मी करीब १९० जनालाई दुध तथा दुग्ध पदार्थ वितरणका साथै रक्तदान कार्यक्रम पनि गरिएको थियो ।

प्रदेश नं. ६
प्रदेश अध्यक्ष श्री प्रेम बहादुर डि.सिज्यूको संयोजन र डेरी उद्योगीहरुको उपस्थितिमा हालको कोरोना महामारीको अवस्थामा विरामीहरु बस्ने विभिन्न स्थानको क्वारेन्टाईनमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

प्रदेश नं. ७
सुदुरपश्चिमकी गौरीगंगा १, चौमालामा स्थित बन्दना डेरी उद्योग संचाललिका एवं नेपाल डेरी एसोसिएसन सुदुर पश्चिम प्रदेश सचिव डम्मरा दियाकोटी सहयोग र आयोजनामा गौरीगंगा नगरपालिका वडा १ अध्यक्ष श्री जगतराम चौधरी, नेब्ला जिल्ला अध्यक्ष दिपक चौधरी, समाजसेवी तथा युवा नेता अमर सन्तेलको उपस्थितिमा क्वारेन्दाईनहरु श्री जन एकता प्रा.वि, लठैया, श्री केदारेश्वर आ.वि. चनौरा, श्री पशुपति मा.वि. मंगलपुरमा करीब १५० जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.