काठमाडौं महानगरले रेडियोमार्फत विद्यार्थीलाई पढाउने, शिक्षक खोजिँदै

  २०७७ जेठ १९ गते १७:५९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही हप्ताबाट रेडियोमार्फत कक्षा १ देखि १० को कक्षा संचालन गर्ने भएको छ । महानगरपालिकाले रेडियोमार्फत कक्षा संचालन गर्न तयारी गरिरहेकाे काठमाडौं शिक्षा विभागका शिक्षा अधिकारी तारापति खरेलले जानकारी दिए ।

हाललाई अवधाराणा पत्र बनिरहेको र यसमा शिक्षा समितीलगायत सबैको सहमति भएको पनि उनले जानकारी दिए । अबको लगभग एकहप्तामा कक्षाहरु संचालन हुने उनले जानकारी दिए । उक्त कार्यक्रमलाई फेसबुकमार्फत पनि लाईभ गरिने र पछि  युट्युबहरुमा पनि राखिने उनले बताए ।

गणित पढाउन केही समस्या हुने हुनाले अहिलेको लागि अंग्रेजी, नेपाली, विज्ञान, सामाजिक  र स्वास्थ्य तथा जनसंख्या गरेर पाँच विषय पढाइने उनकाे भनाई छ ।

कक्षा ७ देखि १० को कक्षा शिक्षकहरु व्यवस्थापन गर्ने जिम्मा पाएका विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानध्यापक हेरम्बराज कडेँलले बताए । महानगरले कक्षा १ देखि ६ कक्षाको शिक्षकको व्यवस्थापनको जिम्मा सरस्वती निकेतन मावि ब्रम्हटोलकी प्रधानाध्यापक रविना महर्जनलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.