बाँके बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जनाकाे अवस्था गम्भिर 

  २०७७ जेठ १९ गते ९:५२     विकासन्युज

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने ५ जनाको अवस्था गम्भिर रहेको छ । भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको बस दुर्घटना भई ११ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

थप एक जनाको भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।

२० जना घाइतेहरुको उपचार भइरहेको र हालसम्म मृतक तथा घाइतेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्जबाट दाङ हुँदै सलयान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

सम्बन्धित समाचार 

बाँकेमा बस दुर्घटनामा ११ जनाको मृत्यु, २१ घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.