बाँकेमा बस दुर्घटनामा ११ जनाको मृत्यु, २१ घाइते

  २०७७ जेठ १९ गते ६:५२     विकासन्युज


काठमाडौं । भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको बस दुर्घटना हुदा ११ जनाकाे मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।
नेपालगञ्जबाट दाङ हुँदै सलयान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज उपचार भइरहेको छ । गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । ६ जनाको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.