‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजनाका विजेताले पाए एक/एक लाख रुपैयाँ

  २०७७ जेठ १६ गते १८:०५     विकासन्युज


काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाका विजेताले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका छन् । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका हुन् ।

यस अन्तर्गत गत जेठ ९ गते देखि जेठ १५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ । योजना अनुसार जेठ १६ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानेल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो ।

लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आईडी नम्बर ०२५५८२०६८९, ७१९०२५६४३०२ लाई बिजेता घोषणा गरिएको छ । विजेताहरुलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद उपहार प्रदान गरिने भएको छ । विजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ ।

आउने लाइभ लक्की ड्र २०७७ साल जेठ २३ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । २०७७ साल जेठ १६ गते शुक्रबारदेखि जेष्ठ २२ गते बिहिबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेठ २३ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.