एसएमईलाई १० वर्षसम्म ७५ प्रतिशतसम्म कर छुट

  २०७७ जेठ १५ गते १८:२८     विकासन्युज

काठमाडौं । सरकारले साना तथा मझौला उद्यम व्यवसायको लागि कर छुटको स्कीम ल्याएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

नयाँ व्यवस्था अनुसार वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने एसएमईलाई ७५ प्रतिशतसम्म छुट, २० लाखदेखि ५० लाखसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत छुट र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्ने एसएमईलाई २५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ ।

यस्तो कर छुट ७ वर्षको लागि र महिलाले संचालन गरेका एसएमईको लागि भने १० वर्षसम्म कर छुट दिइने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.