रोजगारी क्षेत्रमा २० अर्ब रुपैयाँ विनियोजन

  २०७७ जेठ १५ गते १८:०५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ लाख नागरिकलाई रोजगारी प्रदान गर्ने उद्देश्यले २० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । चालु वर्षकाे तुलनामा झन्डै दाेब्बर रकम सरकारले आगामी आर्थिक वर्ष छुट्याएकाे छ ।

कोरोनाले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेश भित्र गुमाएकाहरुलाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफै बनाउ कार्यक्रम’ का साथ सरकारले सो रकम छुट्याएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । विदेशमा रोजगारी गुमाएका नेपालीलाई स्वदेशमा उनीहरुको सीप अनुसारको गर्न प्रोत्साहन गर्न उनले बताए ।

हस्तकला, प्लम्बर, कालिगढ, विजुली मर्मत, सिलाई कटाइ, सिकर्मी, डकर्मी, ब्युटिसियन, कपाल कटाइ जस्ता सीप विकास विकास गरि ५० हजार रोजगारी सिर्जना गर्न १ अर्ब रुपैयाँ बजेटमा छुट्याएको छ ।

निजी क्षेत्रका उत्पादन मुलक उद्योगले सोही व्यक्तिलाई न्युनतम दुई वर्ष रोजगारीको दिने ग्यारेन्टी गरि तालिम प्रदान गरि रोजगारीमा लगाएमा तीन महिनाको न्युनतम पारिश्रमिकको ५० प्रतिशत ज्याला अनुदानका लागि एक अर्ब बजेट विनियोजन गरेको छ ।

व्यावसायी तालिममा ४ अर्ब ३४ करोड बजेट छुट्याएको छ भने थप ७५ हजारलाई तालिम दिने र रोजगारी प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ । सहकारी मोडलमा परिचालन गरि थप १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको अर्थमन्त्री खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.