बाणिज्य बैंकका शाखाले कम्तिमा १० जनालाई सहुलियतपूर्ण कर्जा दिनुपर्ने

  २०७७ जेठ १५ गते १६:४३     विकासन्युज

काठमाडौं । बाणिज्य बैंक र विकास बैंकले प्रत्येक शाखाबाट सहुलियतपूर्ण व्याजको कर्जा दिनै पर्ने व्यवस्था गरिने भएको छ । सरकारले तोकेको २ प्रतिशत व्याजदरको यस्तो कर्जा वाणिज्य बैंकहरुले प्रतिशाखा कम्तिमा १० जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने व्यवस्था गर्न लागिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यस्तै, विकास बैंकहरुले प्रतिशाखा ५ जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.