नेपाल पर्वतारोहण संघले पर्यटन मन्त्रालयमा बुझायाे संयूक्त माग-पत्र, यस्ता छन् मागहरू

  २०७७ जेठ ११ गते १८:५८     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणसँग सम्बद्ध रहेका जनशक्तिलाई हिमाल सरसफाई लगायतका क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । उक्त कुरा मन्त्री भट्टराईले आइतबार मन्त्रालयमा नेपाल पर्वतारोहण संघको अगुवाईमा पर्वतीयपर्यटनसँग सम्बद्ध संघ संगठनहरुको तर्फबाट बुझाइएको संयूक्त माग-पत्र बुँझ्दै बताएका हुन् ।

त्यस अवसरमा कोरोना (कोभिड-१९) भाइरसको माहामारीका कारण पर्वतीय पर्यटन क्षेत्रमा परिरहेको संकटले यस क्षेत्रमा कार्यरत आरोही र आरोहणमा संलग्न सहयोगीहरुलाई अत्यन्तै मार्का परेको तर्फ सरकारको ध्यान आकृष्ट भएको बताउँदै मन्त्री भट्टराईले यस चालू आर्थिक बर्षभित्रै हिमाल सरसफाईको कार्यक्रम राखी आरोही र आरोहणमा संलग्न सहयोगीहरुलाई तत्कालै राहतपुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

नेपाल पर्वतारोहण संघको अगुवाईमा नेशनल माउन्टेन गाइड एसाेशियसन, नेपाल माउन्टेन इन्स्ट्रक्चर्स/एभरेष्ट समिटर्स एशाेसियसन) का संघसंस्थाहरुका तर्फबाट मन्त्री समक्ष माग-पत्र हस्तान्तरण गरिएको हो । सो अवसरमा मागपत्र मन्त्री समक्ष हस्तान्तरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत आरोही र आरोहणमा संलग्न सहयोगीहरुका तत्कालै राहतका कार्यक्रम सञ्चालन गर्न माग गरे । अध्यक्ष लामाले मागहरुको कार्यान्वनमा लैजान र आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रममा पनि समावेश गरी पर्वतीय पर्यटन क्षेत्रको पूनर्जीवन दिन समेत मन्त्री समक्ष माग गरे ।

त्यस अवसरमा संघका महासचिव कुलबहादुर गुरुङले संघको अगुवाईमा बुझाईएको माग-पत्र, प्रस्तावित पर्यटन ऐन २०७६ का सम्बन्धमा संघको तर्फबाट राखिएका सुझावहरु र संघ मार्फत भइरहेका प्रयासहरुका विषयमा प्रस्तुत गरेका थिए । विभिन्न संघ संस्थाका तर्फबाट मन्त्रीसमक्ष प्रस्तुत गरिएका मागपत्रहरु माहिमाल सरसफाई कार्यक्रम, हिमचुलीहरुको अध्ययन तथा पहिचान कार्यक्रम, पदमार्ग, आरोहण मार्ग र उच्च भञ्ज्याङ (हाइपासेस)हरुको अध्ययन, निर्माण तथापुनःनिर्माणका साथै चेन एङकर जडान र साइनेज जडानको कार्यक्रमहरु, उच्च हिमाली भागहरुमा पोर्टर सेल्टर र शौचालय निर्माण, पुनःनिर्माण तथा मर्मतको कार्य, हिमाल आरोहणसँग सम्बन्धित जनचेतना मूलक कार्यक्रम तथा हिमाल आरोहण गर्दा हुने जोखिमलाई न्यूनीकरण गर्न, उत्तरदायी र दीगोपनाका लागि आरोहणसँग सम्बन्धित माउण्टेन गाइड तथा आरोहणमा संलग्न सहयोगीहरुलाई पूनर्ताजगी तालिमहरु रहेका छन् ।

कार्यक्रममा नेपाल नेशनल माउन्टेन गाइड एसोशियसनका अध्यक्ष आङ नोर्बु शेर्पा, नेपाल माउन्टेन इन्स्ट्रक्चर्स एसोशियसनका महासचिव छिरिङ पाण्डे भोटे र एभरेष्ट समिटर्स एसोशियसनका अध्यक्ष माया शेर्पा र संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.