कोरोना संक्रमितको लागि एशियन लाईफ इन्स्योरेन्सले दियो एक लाख ५१ हजार रुपैयाँ

  २०७७ जेठ ११ गते १६:१८     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमितको लागि एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको लागि उक्त सहयोग उपलब्ध गराएको हो ।

महानगरले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी तथा उपचार सम्बन्धी पूर्वाधार निर्माण गर्न उक्त अभियान शुरु गरेको हो ।

कम्पनीको तर्फबाट प्रदेश २ प्रमुख रामरुप सहनीले आइतबार वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन् ।

साथै, संस्थाले यसअघि सात वटै प्रदेश सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.