दक्षिण अमेरिका कोरोना महामारीको नयाँ केन्द्रविन्दु

  २०७७ जेठ १० गते ८:३५     विकासन्युज

काठमाडौं । दक्षिण अमेरिका कोरोना भाइरस महामारीको नयाँ केन्द्रविन्दु बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दक्षिण अमेरिकामा कोरोना भाइरसको प्रकोपले ब्राजिलमा भयावह सिर्जना गरेको छ ।

डब्ल्यूएचओका अनुसार अफ्रिकाका ती देशहरूमा पनि महामारीको प्रभाव तुलनात्मक रूपमा कम भएको ठाउँमा पनि संक्रमणका घटनाहरू द्रुत गतिमा बढेको जानकारी दिएको छ ।

विज्ञप्ती जारी गर्दै डब्ल्यूएचओको आपतकालीन विशेषज्ञ डा.माइक रायनले भने, ‘दक्षिण अमेरिका महामारीको नयाँ केन्द्र बनेको छ भने ब्राजिल सबैभन्दा बढी प्रभावित भएको छ ।’

विश्वभरी नै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिका पछि ब्राजिल रहेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार ४ सय जनामा कोरोना लागेको छ भने २१ हजार १ सय १६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै अफ्रिका महादेशका केही देशमा कोरोना बढेको देखिएको छ । शुक्रबार बेलुकीसम्म उक्त महादेशमा ३ हजार १ सय जनाको मृत्यु भएको र १ लाखभन्दा बढी काेराेना संक्रमित छन् । (बीबीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.