थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७

  २०७७ जेठ ९ गते ९:२०     विकासन्युज

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षण नयाँ ३० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जो नवलपरासी विनय त्रिवेणी गाँउपालिका ६ निवासी ४५ वर्षिय पुरुष, भरतपुर महानगरपालिका ६, केसरबाघ, चितवन निवासी ७४ पुरुष र ७३ वर्षिय महिला रहेका छन् ।
नवलपरासी सुस्ता गाँउपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षिय पुरुषहरु र १५ वर्षिय महिला छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षिय पुरुषहरू र ८ बर्षको बालिका रहेकी छिन ।

त्यस्तै सर्लाही गोडैता नगरपालिका ८,९,११,१३, १४ र रामनगर बहुअर्वा गाउँपालिका (७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ बर्षिय पुरुषहरू र १८ बर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बताएका छन । हाल सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.