निको भएर फर्किए काठमाडौंका चार जना कोरोना संक्रमित

  २०७७ जेठ ८ गते १६:१५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा काठमाडौंका दुई जना र भक्तपुरका दुई जना रहेका छन् । उनीहरुको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डिस्चार्ज हुनेमा २३ वर्षीय महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै नवौं दिनमा डिस्चार्ज भएका उनले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना भाइरस निको हुनको संख्या ४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.