साउदी अरबमा कोरोनाबाट ४ नेपालीको मृत्यु, संक्रमितको संख्या ६ सय ७४

  २०७७ जेठ ६ गते ६:५६     विकासन्युज

काठमाडौं । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण ४ नेपालीको मृत्यु भएको छ ।

दुतावासले जारी गरेकाे पछिल्लो तथ्यांक अनुसार साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमा ६ सय ६३ पुरुष र ११ जना महिला रहेका छन् ।

खाडीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित नेपालीको संख्या साउदीमा रहेको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै दुतावासले मृत्यु हुनेहरुको विवरण औपचारिक रुपमा सार्वजनिक नगरेको जनाएको छ ।

त्यस्तै साउदीमा विभिन्न कारण मृत्यु हुने करिब ३८ नेपाली कामदारको शव अलपत्र परेका छन् ।

कोरोना संक्रमित बढेसँगै त्यहाँको अवस्थालाई ध्यानमा राख्दै साउदी सरकारले आगामी मे २३ देखि मे २७ तारिकसम्म देशभर २४ घण्टे कफ्र्यु घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.