ऋण ४ खर्बले बढ्दा प्रोभिजनिङ् साढे २ अर्ब बढ्यो, वितरणयोग्य नाफा १८ अर्ब कम

  २०७७ जेठ ४ गते १९:४०     विकासन्युज

काठमाडौं । बैंकहरूकाे कर्जामा बृद्धी भएसँगै खुद प्रोभिजन रकम पनि बढेकाे छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको साेही अवधिमा बैंकहरूकाे ऋण लगानी ४ खर्ब ८८ करोड रुपैयाँ र प्रोभिजन २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँले बढेकाे हाे ।

बैंकहरूले प्रकाशित गरेकाे चैत मसान्तसम्मकाे परिष्कृत वित्तीय विवरण अनुसार प्राइम कमर्शियल बैंकले सबैभन्दा बढी ऋण लगानी गरेको छ । कैलाश विकास बैंकलाई प्राप्ति (एक्वायर) गरेको प्राइमले सो अवधिमा ४२ अर्ब ८७ लाख रुपैयाँभन्दा बढीको ऋण लगानी गरेको छ ।

एनआईसी एशिया बैंकको भने ऋण लगानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा एनआईसी एशिया बैंककाे ऋण रकम ४ लाख ३ हजार रुपैयाँले घटेको छ ।

त्यस्तै, बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ वटा बैंकबाहेक बाँकी बैंकको प्रोभिजन बढेको छ । सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको एनएमबि बैंकको प्रोभिजन १ अर्ब ३० करोड २६ लाख रुपैयाँले बढेको छ ।

कृषि विकास, सेञ्चुरी, एभरेष्ट, हिमालयन, जनता, कुमारी, मेगा, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, प्रभु, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्राभिजन गत वर्षको भन्दा घटेको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको प्रोभिजन ४२ करोड ८० लाख रुपैयाँले घटेको छ ।

त्यस्तै, बैंकहरुले प्रकाशित गरेका चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा र वितरण योग्य नाफा भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तमा नाफा ४२ करोड १७ लाख रुपैयाँले र वितरणयोग्य नाफा १८ अर्ब २५ करोड रुपैयाँले घटी हो ।

सो अवधिमा १३ बैंक बाहेक बाँकीको नाफामा वृद्धि भएको छ । सबैभन्दा बढी ग्लोबल बैंकसँग मर्ज भएको जनता बैंकको नाफा एक अर्ब रुपैयाँले घटेको छ । गत वर्षको तुलनामा यस वर्षको चैत मसान्तसम्ममा ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी नाफा कमाएको छ । सो अवधिमा बैंकले ८३ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बाहेक बाँकी सबै बैंकहरुको वितरणयोग्य नाफा घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक वर्षको अवधिमा २० करोड ६८ लाख रुपैयाँले वितरणयोग्य नाफामा वृद्धि गरेको छ ।

वितरणयोग्य नाफा घटाउनेमध्ये राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी घटेको छ । गत आवको चैत मसान्तको तुलनामा बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड रुपैयाँ कम रहेको छ । त्यस्तै, ६ वटा बैंकको वितरणयोग्य नाफा एक अर्ब रुपैयाँ बढीले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.