कोरोनाको कहरबीच अमेरिकामा गयो ठुलो भूकम्प

  २०७७ जेठ ३ गते ९:०२     विकासन्युज

काठमाडौं । संयुक्त राज्य अमेरिकामा भूकम्पको गरेको छ । अमेरिकाको लस भेगसको दक्षिणी भागमा रहेको टोनपा शहरमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको अमेरिकाको भूगर्भ विभाग युएसजीएसले जनाएको छ ।

यो ठूलो भूकम्पपछि निरन्तर केही समय साना भूकम्पहरु पनि गएको जनाइएको छ । शुरुमा गएको ठुलो भूकम्पपछि लगातार दुईवटा पाँच रेक्टर स्केलभन्दा बढीका भूकम्प गएको जनाइएको छ ।

अमेरिकाका अन्य युटा, साल्टलेक सिटी र क्यालिफोर्निया लगायतमा राज्यमा पनि भूकम्पकाे धक्का महसुस गरिएको जनाइएको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरसकाबाट १४ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित छन् भने ८८ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.