यस्तो देखियो प्रभु बैंकको ९ महिनाको प्रगति

  २०७७ वैशाख ३१ गते १४:३७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा प्रभु बैंकले एक अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.८२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ४५ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार कम्पनीको वितरण योग्य नाफा पनि ३२.२४ प्रतिशतले घटेर ७७ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको वितरण योग्य नाफा एक अर्ब १४ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा घटेर २ अर्ब ८ करोड र खुद ब्याज आम्दानी बढेर ३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा बढेर २.९५ प्रतिशत पुगेकाे छ भने बेस रेट घटेर ८.९८ प्रतिशतमा झरेकाे छ ।

१० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७८ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीका अनुसार समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँले घटेर १९.८९ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १८.४६ रुपैयाँले झरेर १५१.६९ रुपैयाँमा सीमित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.