को हुन आज देखिएका ५७ जना कोरोना संक्रमित ?

  २०७७ वैशाख ३० गते १३:३७     विकासन्युज

काठमाडौं । नेपालमा आज अर्थात एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ सय ३४ जनामा मात्र कोारेना देखिएको हो । तर, अब भने नेपालमा कोरोनाको संक्रमितको संख्या १ सय ९१ जना पुगेको छ ।

अब भने नेपालमा कोरोनाको भयाभव रुप लिन सक्ने धेरैले अनुमान गरेका छन् । आज देखिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.