रुसको अस्पतालमा आगो लाग्दा ५ जना काेराेना सङ्क्रमितकाे मृत्यु

  २०७७ वैशाख ३० गते १३:०६     विकासन्युज

काठमाडौं । रूसमा काेराेनाकाे उपचार भइरहेकाे अस्पतालमा आगो लाग्दा ५ जनाकाे मृत्यु भएकाे छ ।

रुसको सेन्ट पिटर्सबर्गस्थित एक अस्पतालमा आगलागी हुँदा सघन उपचार कक्षमा उपाचाररत ५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

भेन्टिलेटरमा शर्टसर्किट हुँदा आगलागी सुरु भएको रुसी समाचार संस्थाले जनाएकाे छ । अस्पतालबाट १ सय ५० जनाको उद्धार गरिएको र आगलागी नियन्त्रणमा आएको त्यहाँको आपत्कालीन मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.