खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कर्मचारीले पास लिन यहाँ जाने (सूचनासहित)

  २०७७ वैशाख २८ गते १८:०१     विकासन्युज

काठमाडौं । सरकारले २६ वैशाखदेखि खोल्ने भनेका उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीले आवतजावतको लागि पास पाउने व्यवस्था स्पष्ट पारिएको छ । काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको हकमा सम्बन्धित नियामक निकाय, मन्त्रालयका सचिवलगायतले पास वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले पास वितरण गर्ने गरेका थिए ।

प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिनुपर्नेछ । यस्तै, धितोपत्रसँग सम्बन्धित व्यवसाय गर्ने निकायहरुले नेपाल धितोपत्र बोर्डबाट, बीमा कम्पनीहरुले बीमा समितिबाट, सहकारी संस्थाहरुले सहकारी विभागबाट, व्यापार तथा वाणिज्यसँग सम्बन्धित व्यवसाय गर्नेहरुले वाणिज्य विभागबाट र जलविद्युत आयोजनाहरुले जलस्रोत मन्त्रालयका सचिवबाट पास लिनुपर्नेछ ।

पास लिने निकाय र कार्यालयहरुले पास पाउने निकाय यस्ता छन्ः

सम्बन्धित सामग्री

खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कर्मचारीले यहाँ र यसरी पाउँछन् पास

बैंकका कर्मचारीले ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म हिड्न पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.