रिलायन्स लाइफ इन्स्योरेन्सकाे नाफा १२८.८१ प्रतिशतले वृद्धि

  २०७७ वैशाख २६ गते १६:५५     विकासन्युज


काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकाे खुद नाफा १२८.८१ प्रतिशतले वृद्धि भएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ ।

जुन गत आर्थिक वर्षकाे साे अवधिकाे तुलनामा ३ करोड ४८ लाख रुपैयाँ बढी हो । कम्पनीले गत आवको साे अवधिमा  २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

समीक्षा अवधिमा कम्पनीले ७९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ३९ करोड ४ लाख रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले १ करोड ६७ लाख रुपैयाँ बराबरकाे कुल दाबी वापत भुक्तानी गरेको छ भने १० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ करोड ९८ लाख र महाविपत्ति कोषमा एक करोड ६६ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.