सगरमाथा इन्स्योरेन्सकाे नाफा १७ करोड ४१ लाख

  २०७७ वैशाख २६ गते १६:३२     विकासन्युज

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा १७ करोड ४१ लाख रूपैयाँ नाफा गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय वितरण अनुसार उक्त नाफा गत आवको साेही अवधिकाे तुलनामा १.२८ प्रतिशत बढी हाे ।

कम्पनीले गत आवको चैत मसान्तमा १७ करोड १९ लाख रुपैयाँ नाफा कमाएकाे थियाे ।

हाल १ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीकाे जगेडा कोषमा ३४ करोड ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने महा विपत्ति कोषमा ११ करोड १६ लाख रुपैयाँ रहेको छ ।

साे अवधिमा कम्पनीले ७४ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क र पुनर्बीमा कमिशनबाट २३ करोड २ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी २३.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०७.६५ रूपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.