ज्योति लाईफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त, सबैकाे रोजाइको कम्पनी बनाउने प्रतिवद्धता

  २०७७ वैशाख २१ गते १७:१५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई वैशाख २१ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो ।

यस अघि नै निजलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृतीको लागि नियामक निकाय बीमा समितिमा पठाइएको थियो । जसमा बीमा समितिबाट वैशाख १७ गतेको पत्रबाट स्वीकृती प्राप्त भएकोले सोही बमोजिम संचालक समितिले नियुक्त गरेको हो ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गरेका खत्रीले बेलायतको सबैभन्दा ठुलो बैंकमा गनिने बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए । बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक बिताएपछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरेका थिए ।

व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागितामूलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ ।

कम्पनीको स्थापना देखि कार्यकारी उपप्रमुखको रुपमा सफल नेतृत्व प्रदान गरिरहेका खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न पाएकोमा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई केहि वर्ष भित्रमा नेपालीहरुको पहिलो रोजाइको जीवन बीमा कम्पनी बनाउन आगामी दिनमा अझ बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.