लकडाउन कस्तो बनाउने भनेर मंगलबार निर्णय हुने

  २०७७ वैशाख २१ गते १५:२५     विकासन्युज

काठमाडौ। आइतबारको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेपछिको लकडाउनबारे कुनै निर्णय नगरि सकिएको छ । आज बसेको बैठकले २६ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।

मंगलबार बसने मन्त्रिपरिषद्को बैठकले लकडाउन कस्तो बनाउने भनेर निर्णय गर्ने भएको छ । आज बसेको बैठकले लकडाउन र सीमानाका कडाइ भएकै कारण कोरोना भाइरस नियन्त्रण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सीमानाकामा झन् कडाइ गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।

लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने र कम जोखिमयुक्त ठाउँमा लकडाउन सहज पार्दै लैजानेबारे मन्त्रिपरिषद्मा अनौपचारिक प्रस्ताव पनि आइतबार आएको थियो ।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि लकडाउनको मोडालिटी परिवर्तन गर्ने । जिल्लाहरुलाई गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउने गरी प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.