डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई पढाउने, बैशाख २० गतेदेखि क्लास शुरू

  २०७७ वैशाख १९ गते १७:२३     विकासन्युज

काठमाडौं । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गर्ने भएकाे छ । डिशहोम र डियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा यहि वैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ ।

डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७को र च्यानल नं.११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ ।

यसका साथै विगत ६ महिनाभन्दा बढि समयदेखि विभिन्न कारण बस डिशहोम रिचार्ज नगरेका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागू हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ ।

यस सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ ।

डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.