स्टील उद्याेगीकाे गुनासाेः सरकारले पास नदिदा मजदुरको तलब हाल्न जान पाइएन

  २०७७ वैशाख १५ गते १७:१५     राजाराम न्याैपाने

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियान्त्रणको लागि देश लकडाउन भएको १ महिना ४ दिन भइसक्यो । तर   स्टिल तथा रोलिङ मिल उद्योगका सञ्चालकहरु पास नभएको कारण मजदुरको तलब समेत हाल्ल जान सकेका छैनन् ।

सरकारले विकास निर्माणको कार्य अगाडी बढाउन सिमेन्ट, स्टील लगायतका उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको बताएकाे छ । तर उद्योगीहरु भने पास नभएर मजदुरको तलबदेखि आफ्नो उद्योग समेत जान नपाएको बताइरहेका छन् ।

नेपाल स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा साखः स्टीलका डाइरेक्टर किरण साखले पास नभएको कारण मजदुरको तलब समेत हाल्दिन समस्या भएको बताए । प्रतिमहिना करिब १ लाख मेट्रिक टन स्टील बिक्री हुने गरेको भन्दै उनले अहिले उद्योगमा उद्योगपति समेत जान नपाएको गुनासाे गरे ।

‘उद्योगीले पास माग्न जादा सरकारले दिएन, देशको अर्थतन्त्रमा सहयोग गरेका उद्योगीहरुलाई सरकारले बेवास्ता गहिरहेको छ, नेताहरु हिडढुल गर्न केही समस्या छैन्, हामी हाम्रो उद्योगसम्म जान्छौ, बैंकमा गएर मजदुरको तलब हाल्दिन्छाें भन्दा पनि पाइएकाे छैन,’ साखले भने ।

अनलाइनबाट पास लिन सकिन्छ भनेपछि त्यसकाे पनि प्रयास गरेकाे तर पास दिने साइड नै नखुलेकाे उनकाे भनाइ छ । भोकै र पुलिसको लात खादै गएका मजदुरहरु फेरि काममा नर्फकिन पनि सक्छन् भन्दै उनले भारत लगाएका देशका नागरिक पनि नेपाली स्टील उद्योगमा काम गरिरहेकाेले अब ती मजदुर आउने नआउने यकिन नभएकाे उनकाे भनाइ छ ।

अर्का उद्योगी मशुपति मुरारकाले पनि सरकारले उद्योगीहरुलाई पास नदिएको बताए । सरकार उद्योग सञ्चालन गर्ने तयारीमा रहेपनि उद्योगले पास नपाएकाे गुनासाे गरे । उद्योगी जिल्ला प्रशासनमा उद्योगका लागि भनेर पास लिन जादा पास नपाएकाे भन्दै उनले सरकारले माथि गरेको निर्णय तल्लो तहसम्म नपुगेको उनी बताउछन् ।

आइरन तथा स्टीलको करिब १ खर्बको बजार रहेको संघले जानकारी दिएको छ । प्रतिवर्ष १३ लाख मेट्रिक टल आइरन तथा स्टील बिक्री हुने गरेको छ । स्टील उद्योगमा प्रत्यक्ष रुपमा करिब १५ सय जनाले रोजगारी पाएका छन् । ठूला लगानीका १४ वटा स्टील उद्योगहरु सञ्चालित छन् ।

२०२२ सालमा ज्योति समूहले नेपालमा हिमाल आइरनबाट शुरु गरेको फलामे छड, पाइप आदिको उत्पादन र वितरण प्रणालीले लामो यात्रा तय गरिसकेको छ । विस्तारै आर्थिक क्रियाकलाप वृद्धि हुदै जादा छड, पाइप, जस्तापाता लगायत उत्पादन गर्ने मिल वा उद्योग बढ्दै गएको थियोे । तर त्यसपछिको मन्दी र असुरक्षासँगै त्यस्ता उद्योगहरू बन्द हुने क्रम शुरु भयो । अहिले १४ वटा मात्र उद्योग छन् ।

हाल हिमाल आइरन, पञ्चकन्या, हामा, जगदम्बा, साखः र अशोक स्टीलले छडस हुलास, राजेश, जगदम्बा, भगवती, मैनावती र कृष्ण स्टीलले पाइप तथा हुलास, भगवती र आरती स्ट्रिप्सले जस्तापाता उद्योगहरु छन् ।

नेपालका आइरन तथा स्टील उद्योगहरूबाट उत्पान भएका बस्तुहरु ठूला भौतिक संरचना, बिजुलीका लठ्ठा आदिमा प्रयोग हुने गरेका छन् । स्टील उद्योगहरूको बजार निर्माण व्यवसायमा आश्रित छ । अहिले लकडाउनको कारणले निर्माण व्यवसाय ठप्प छन् । निर्माण व्यवसाय ठप्प हुदा स्टीलको व्यापर पनि ठप्प नै छ ।

नेपाली उद्योगहरूले आफूलाई आवश्यक पर्ने कच्चापदार्थ भारतका उद्योगहरूबाट ल्याउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.