सिटिजन लाइफ इन्स्योरेन्सले सम्पूर्ण कर्मचारीहरुको गर्यो कोरोना बीमा

  २०७७ वैशाख १४ गते १८:३२     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो ।

उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको लागी भनेर निर्र्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड-१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो ।

कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ ।

यसको साथै कम्पनीले ग्राहकलाई बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि फोनपे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.