लकडाउन कहिले सम्म भन्ने विषय नेपालको मात्र परिस्थितिमा निर्भर नरहने

  २०७७ वैशाख १० गते १३:५२     विकासन्युज

काठमाडौं । लकडाउन कहिलेसम्म राख्ने/नराख्ने भन्ने विषय नेपालको मात्रै परिस्थितिमा निर्भर नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।

ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणले उत्पन्न हरेक परिस्थितिको नियमित विश्लेषण गर्दै आवश्यक नीति र योजनाका साथ सरकारले काम गरिरहेको भन्दै थप परिस्थतिलाई हेरी काम गर्नु पर्ने अवस्था पैँदा भएको जानकारी दिए ।

सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने भन्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणको कुनै औषधि र खोप विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नु नै पहिलो विकल्प भएको बताए ।

सङ्क्रमणविरुद्ध सावधानी नअपनाएका मुलुकमा देखिएको सङ्कट र शुरुदेखि नै यसको नियन्त्रणमा जुटेका मुलुकको अभ्यासबाट शिक्षा लिँदै नेपाल सरकारले कोरोनाको नियन्त्रण र जोखिम व्यवस्थापनमा योजनाबद्ध ढङ्गले काम गरेको उनले स्पष्ट पारे । कोरोना भाइरसविरुद्ध सञ्चालन गरिएको सचेतना अभियानदेखि हालसम्म सरकारले अपनाएका विधि सफल भएको र यसलाई अन्तर्राष्ट्रिय सङ्घसस्थाले समेत राम्रो ठानेको उनको भनाइ छ ।

यसैबीच कोरोनाको सङ्क्रमणले नेपालको अर्थतन्त्र, पर्यटनलगायत क्षेत्रमा नकारात्मक प्रभाव पु¥याएको भन्दै यसलाई उकास्न नयाँ ढङ्गले काम गर्ने मन्त्री भट्टराईको भनाई छ । आर्थिक अवस्थालाई सुधार गर्न सरकारले बैंकको ब्याजदर घटाउने, बैंकको ऋण बुझाउने म्याद थप गर्ने, व्यवसायीलाई सस्तो ब्यजादरमा ऋण प्रवाह गर्नेजस्ता कुरामा ध्यान दिने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.